ठाकुर पक्षका पाँच जना सांसद यादवतिर, ठाकुर कमजाेर बन्दै

जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर निकट पाँच जना सांसद उपेन्द्र यादवकाे पक्षमा लागेका छन् ।

शनिबार ललितपुरकाे बालकुमारीस्थित जसपा कार्यालयमा राखिएकाे संसदीय दलको बैठकमा ठाकुर निकट पाँच जना सांसद सहभागी भएका छन् ।

अमृता अग्रहरी, नरमाया ढकाल, रानी मण्डल, प्रमोद साह र रूही नाथ यादवले बाेलाएकाे बैठकमा सहभागी भएका हुन् ।

याेसँगै अब यादवकाे पक्षमा १७ सांसद भएका छन् ।

जसपामा लागेका प्रमोद साहबाहेक अरू समानुपातिक सांसद हुन् । साह सर्लाहीबाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् ।

उनी यसअघि पनि संसद विघटनको विपक्षमा उभिएका थिए । उनी महन्थ ठाकुरले बोलाएको बैठकमा उपस्थित थिएनन् ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले आफूहरूलाई अलग-अलग गरिदिन निर्वाचन आयोगलाई आग्रह गरेका थिए ।

उनीहरूमा देखिएको विवाद निरूपण गर्न निर्वाचन आयोजले इजलास गठन गरेको छ ।

साउन ३ गते बिहान ११ बजे जसपा विवाद निरूपणबारे इजलास बैठक राखिएको छ । त्यसका लागि जसपाका दुबै पक्ष अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षलाई बोलाइएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्