संसद जाेगाउन माधव पक्षले देउवालाई विश्वासको मत दिने

नेकपा एमाले (माधव नेपाल पक्ष) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

माधव पक्षले विश्वासकाे मत दिनासाथ संसद विघटन हुनबाट जाेगिने छ । २३ जना सांसद रहेकाे माधव पक्षले संसद जाेगाउनका लागि देउवालाई विश्वासको मत दिने निर्णय गरेकाे छ ।

एमालेकाे एकता दाउमै राखेर भए पनि माधव पक्षले देउवालाई विश्वासकाे मत दिने तयारी गरेकाे हाे ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले विश्वासकाे मत पाउनका लागि संसदभित्र १३६ मत ल्याउनुपर्ने छ ।

हाल देउवाकाे पक्षमा कांग्रेससँग ६१, माओवादी केन्द्रसँग ४८, जनता समाजवादी पार्टी (उपेन्द्र यादव पक्ष) सँग १७ मत छ ।

एमालेकाे माधव पक्षले ९ मत मात्र दिँदा पनि देउवाले विश्वासकाे मत पाउँछन् ।

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै माधव पक्षका २३ जना सांसदसहितले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।

अदालतले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिकाे नाममा आदेश जारी गरेपछि गत असार २९ गते देउवा प्रधानमन्त्री बनेका हुन् ।

माधव पक्षले आफ्नाे हिजाेका निर्णय र नैतिकताकाे आधारमा पनि देउवालाई विश्वासकाे मत दिने तयारी गरेकाे हाे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्