महन्थ-राजेन्द्र पक्षलाई सुझाव, नयाँ पार्टी दर्ताका लागि निवेदन देऊः नेता बस्नेत

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर बस्नेतले महन्थ-राजेन्द्र पक्षलाई पार्टी आधिकारिकताको दाबी छोडी नयाँ पार्टी खोल्न सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा नेता बस्नेतले महन्थ-राजेन्द्र पक्षले पार्टी संगठन छोडेर बाङ्गिएको, छोटो समयमै केपी ओलीको टाङमूनि झाङ्गिएको र लाज छोप्नै नसकिने गरि नाङ्गिएको भनी आरोप लगाउँदै यसलाई प्रमाणको रुपमा पेश गरि पार्टी आधिकारीकताको दाबी गर्नुको साटो लोकतन्त्र र संविधान सिध्याउने बाटोमा लागेकोमा जनतासँग माफी माग्दै नयाँ पार्टी खोल्न पाऊँ भनी निर्वाचन आायोगमा निवेदन दिँदा प्रकृया छिटो र उपयुक्त हुन्छ भनी सुझाव दिएका हुन् ।

पार्टीको केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलमा समेत बहुमतको दाबी गरिरहेको बाबुराम उपेन्द्र पक्षले पार्टी आधिकारिकता पाउन सक्ने चर्चा चलेको बेला नेता बस्नेतको उक्त भनाइलाई अर्थपूर्ण रुप्मा लिइएको छ ।

आइतबार निर्वाचन आयोगले आधिकारिकताको विषयमा बहस गर्न पार्टीको दुबै पक्षलाई बोलाएको थियो । निर्वाचन आयोगले उक्त विषय एक साताभित्रै टुंग्याउने बताइएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्