यादवकाे पक्षमा १९ सांसद, ठाकुर पार्टीकाे दुबै निकायमा अल्पमतमा

जनता समाजवादी पार्टीबाट कारवाहीमा परेका महन्थ ठाकुर र राजेन्द्र महतो क्रमशः कमजोर बन्दै गएका छन् ।

प्रतिनिधिसभा दोस्रोपटक पुनःस्थापना भएपछि ठाकुर–महताे पक्षका सात जना सांसदहरु यादवको पक्षमा लागेका छन् ।

३२ जना सांसदहरुमध्ये यादवको पक्षमा १९ जना पुगेका छन् । यसअघि यादवकाे पक्षमा १२ र काठुरकाे पक्षमा २० जना सांसद थिए ।

पार्टीको निर्णय र नीति विपरीत एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा मतदान गरेपछि जसपाले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको थियो ।

तर, ठाकुर–महताे पक्षले पनि यादवलाई पार्टीबाट निष्कासन गरेको भन्दै आफूहरु नै आधिकारिक दल भएको दाबी गरी निर्वाचन आयोगलाई पत्र लेखेको थियो ।

हाल आयोगमा जसपाको दुवै समूहबीच आधिकारिकताको विवाद कायम छ ।

तर अब जसपाभित्र संसदीय दलमा समेत यादव समूह बहुमतमा पुगेकाे छ ।

जसपाको कार्यकारिणी समितिमा उपेन्द्र समूह पहिल्यै बहुमतमा थिए । सोही आधारमा जसपाले महन्थसहितका नेताहरुमाथि कारवाही गरेका थिए ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा यादवकाे पक्षमा ३२ सदस्य थिए ।

पार्टी समितिमा ३२ र संसदीय दलमा १२ सदस्य रहेको यादव समूहले हाल दुवै निकायमा बहुमत बनाइसकेको छ भने महन्थ समूहका थप सांसद तथा पार्टी समितिका सदस्यहरु पनि मूल पार्टीमा फर्कदैछन् ।

आज बसेको संसदीय दलको बैठकमा १९ जना सांसदहरु उपस्थित भएका थिए । जसपाले नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्