महन्थको दोहोरो चरित्रबारे बाबुरामको टिप्पणीः अभागीलाई खाने बेला रिस उठ्छ

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीबाट कारवाहीमा परेका महन्थ ठाकुरमाथि व्यङ्ग्य गरेका छन् ।

प्रतिनिधिसभा दोस्रो पटक पनि पुनःस्थापना भएपछि आज भएको प्रतिनिधिसभाको पहिलो बैठकमा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आफ्नाे पार्टीको नेतृत्वमा सरकार गठन गर्ने बेला पार्टी विभाजित भएको प्रसंग निकाले ।

उनले भने, ‘हामी अभागीलाई खाने बेला रिस उठ्यो । हामी एकढिक्का भएको भए हामी ज नता समाजवादी पार्टी आफैले निकास दिन सक्थ्यौं, हामी आपसमा झगडा गर्न थाल्यौ, फेरि हाम्रा साथीहरु ठिक ठाउँमा आउनुभो ।’

प्रतिनिधिसभामा महन्थ ठाकुरले आफूहरुले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत निर्णय गरेपछि नेता भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

यसअघि तत्कालिन विपक्षी गठबन्धनबाट महन्थ ठाकुरलाई नयाँ प्रधानमन्त्रीको रुपमा अघि सार्ने प्रयास पनि गरिएको थियो ।

तर, एमाले अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी ओलीको समर्थक भएर निस्केका ठाकुरले आफ्नाे माग प्रधानमन्त्री पदको नभएको भन्दै अरुचि देखाएका थिए ।

ठाकुरलाई प्रधानमन्त्रीका उम्मेदवार बनाउन कांग्रेस नै तयार भएको थियो । आजको प्रतिनिधिसभाको बैठकमा ठाकुरले देउबालाई विश्वासको मत दिने बताएका थिए ।

तर उनले देउवा जनताबाट नभएर परादेशबाट प्रधानमन्त्री भएको बताए । परमादेशबाट निर्वाचित भएकोमा असन्तुष्टि जनाउँदै भए पनि उनले देउवालाई विश्वासको मत दिने बताएका थिए ।

जसपाभित्र हाल महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच आधिकारिकताको विवाद छ । तर पार्टीभित्र ठाकुर अल्पमतमा परिसकेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्