बालुवाटारमा पार्टीकाे बैठक नराख्न प्रधानमन्त्री देउवालाई गगन थापाकाे आग्रह

नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीकाे बैठक बालुवाटारमा नराख्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

कांग्रेस सरकारमा गए लगत्तै प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमै पार्टीकाे पदाधिकारी बैठक राखेका थिए । देउवाकाे उक्त कदमकाे विराेध गरिएकाे थियाे ।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी ओलीले बालुवाटारलाई पार्टी कार्यालय जस्ताे बनाएका थिए ।

बालुवाटारमा पार्टीकाे बैठक र कार्यक्रमहरु गर्ने सुरुवात उनले नै गरेका हुन् । उनले पार्टीकाे हरेक बैठक बालुवाटारमै राख्थे ।

कांग्रेस सभापति देउवा प्रधानमन्त्री नियुक्त भएपछि उनले पनि पार्टीकाे बैठक बालुटारमा राख्न थालेका छन् ।

नेता थापाले फेसबुकमा भनेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं । उहाँले पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो, तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्नु भन्ने विश्वास दिलाउनु भएको छ ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्