Saturday, April 1, 2023

पार्टी एकताका लागि माधव नेपाललाई दाेस्राे अध्यक्ष दिन तयार छुः ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी एकताका लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई दाेस्राे अध्यक्ष बनाउन तयार रहेकाे बताएका छन् ।

हिजाे पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो बनेको र एकताकै लागि नेपालाई दोस्रो अध्यक्ष दिन तयार रहेकाे बताएका हुन् ।

ओलीले बैठकमा पार्टी एकताका लागि अन्तिमसम्म पनि प्रयास गर्ने बताएका थिए ।

उनले १० बुँदे सहमति कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको समेत बताए । एकता भएमा पार्टीकाे सबै संरचना २०७५ साल जेठ २ गतेकै अवस्थाबाट क्रियाशील हुने उनको भनाइ थियो ।

उनले भने, ‘माधव नेपालले दोस्रो अध्यक्ष मागे । मिल्ने हो भने पार्टी एकता बचाउन दोस्रो अध्यक्ष दिन तयार छु । तर, मैले यतिभन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन । अनेक बहाना खोजिएको छ ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्