नेकपा फुटेपछि माओवादी जनयुद्धलाई योगेश भट्टराईले भने ‘हिंसा’

नेकपा एमालेका नेता योगेश भट्टराईले माओवादीले गरेको दश वर्षे जनयुद्धलाई ‘हिंसा’ भनेका छन् ।

उनले ‘माओवादीको दश वर्षे हिंसाको प्रतिवाद’ एमालेनिकट अनेरास्ववियू र युवा संघले नै गरेको दाबी समेत गरेका छन् ।

भट्टराईले हिजो फेसबुकमा एक स्टाटस लेख्दै माओवादीमाथि प्रहार गरेका हुन् ।

उनले अनेरास्ववियू र युवा संघजस्ता संगठनलाई ओझेलमा पार्ने गरी युथफोर्स र अखिल फोर्स निर्माण गरिएकोमा असन्तुष्टि समेत जनाएका छन् ।

हाल दुई समूहमा विभाजित एमालेको केपी ओली समूहले युथफोर्स र माधव नेपाल समूहले अखिल फोर्स निर्माण गरेका छन् ।

पछिल्लो समय माधव नेपाल समूह छोडेका भट्टराईले समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्ने युथफोर्स र अखिल फोर्स खारेज गर्नुपर्ने उल्लेख गरेका छन् ।

माओवादी केन्द्रका नेता इन्द्र आङ्बोले भट्टराई वैचारिक रुपमा स्खलित भएकाे बताएका छन् ।

‘नेकपा रहँदासम्म जनयुद्धलाई नेपाली समाजको रुपान्तरणको युगान्तकारी आन्दोलन देख्ने योगेश भट्टराईजीको पछिल्लो वैचारिक स्खलन र निम्न पुँजीवादी पतनले जनयुद्धलाई हिंसा देख्न थालेछ,’ फेसबुकमा उनले लेखेका छन्, ‘योगेशजी, आफ्नाे पार्टी र नेता मिलाउनुस् शुभकामना छ । तर आफैले स्वीकार गरेको कम्युनिष्ट आन्दोलनको मान्यतालाई लान्छित गरेर मालिकको साखुल्ले हुँदा लोकको अगाडि सर्वाङ्ग पतन भएको पनि तपाईजतिको नेताको ख्यालमा रहोस् अनि गुमेको इमान, साख र विश्वास फर्काउन झन सजिलो छैन भन्ने कुरा कहिल्यै नबिर्सिनु होला है ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्