Thursday, June 1, 2023

माधव नेपाललाई मुखले सम्झाउँदा नमाने हातगोडाले सम्झाउने महेश बस्नेतको धम्की

नेकपा एमाले (केपी ओली समूह) का नेता महेश बस्नेतले माधव नेपाललाई भौतिक आक्रमण गर्ने धम्की दिएका छन् ।

हिजो काठमाडौंमा युथफोर्स काठमाडौं भ्याली कमाण्ड घोषणा गर्दै सांसद समेत रहेका बस्नेतले नेता नेपाललाई मुखले सम्झाउँदा नमाने ‘हातगोडाले सम्झाउने’ भन्दै भौतिक आक्रमणको धम्की दिएका हुन् ।

बस्नेतले भने, ‘पार्टीको नेताले आममाफी दिन्छु, एकताको प्रक्रियामा आउनु भन्दा केपी कमरेडलाई बडामहाराजको संज्ञा दिनुभयो हिजो एउटा व्यांक्वेटमा बसेर । मुखले सम्झाउँछौं, मलाई लाग्छ मुखले सम्झाउँदै काफी हुन्छ । यदि मुखले सम्झाउँदा मानेनन् भने कहिलेकाही हातगोडाले पनि सम्झाउनुपर्ने हुन सक्छ ।’

एमाले अध्यक्ष ओलीले माधव नेपाल समूहलाई ‘आममाफी दिएँ’ भन्दै पार्टी एकतामा आउन आग्रह गरेपछि पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले ओलीलाई बडामहाराजको संज्ञा दिएका थिए ।

उनले भनेका थिए, ‘बडामहाराजधिराजले आममाफी दिनुभयो, अब नाचौं ।’ बस्नेतले नेपालको उक्त भनाइप्रति आपत्ति जनाउँदै मुखले नमाने हातगोडाले सम्झाउने धम्की दिएका हुन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्