हेड काउन्टमा रेशम चाैधरी तटस्थ

जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य तथा प्रतिनिधिसभा सदस्य रेशम चौधरी हेड काउन्टका (प्रत्यक्ष सनाखत) मा तटस्थ बसेका छन् ।

२०७२ सालकाे टीकापुर घटनाकाे आराेपमा जेलमा रहेका चौधरीलाई कडा सुरक्षाकाे बिचमा आयोगमा उपस्थित गराइएकाे हाे ।

चाैधरीले नेताहरुसँग छलफल गरेपछि मात्र कुन पक्षमा सनाखत गर्ने भन्ने निर्णय गर्ने बताएका थिए ।

दुबै पक्षका नेताहरुसँग कुरा गरेपछि चाैधरीले तटस्थ बस्ने निर्णय गरेका हुन् ।

जसपाकाे ५१ सदस्यीय कार्यकारिणीमा उपेन्द्र यादव पक्षमा ३४ र महन्थ ठाकुर पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् ।

जसपाकाे विवाद समाधान गर्न आयाेगले कार्यकारिणी सदस्यहरुलाई प्रत्यक्ष उपस्थित गराएर सनाखत गराएकाे हाे । जसपाकाे आधिकारिकता भने अब उपेन्द्र यादव पक्षले पाउने छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्