कांग्रेसले ८, माओवादी र जसपाले ७ मन्त्रालय पाउने

संयुक्त सरकारमा नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले ७/७ मन्त्रालय पाउने भएकाे छ ।

सत्तारुढ गठबन्धनले नेकपा एमालेका माधव नेपाल पक्ष सरकारमा सहभागी नहुने भएपछि एमालेविनै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेकाे छ ।

माधव नेपाल पक्षलाई भने सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिइने छ ।

बिहीबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले  कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार पारेकाे जसपाका एक नेताले बताए ।

बाँकी तीन जना राज्यमन्त्री बनाइने ती नेताले बताए ।

तर कुन मन्त्रालय कसले पाउने भन्ने विषय टुंगाे लागेकाे छैन । माओवादी र जसपाले सरकारकाे मन्त्रीहरु पार्टीभित्र बैठक गरी छनाेट गर्दैछन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्