तीन जना सांसदलाई निष्कासन गरिएको जसपाद्वारा प्रदेशसभालाई जानकारी

जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभाका तीन जना सांसदहरुलाई पार्टीबाट निष्कासन गरिएको प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ ।

जसपा लुम्बिनी प्रदेशका संसदीय दलका नेता सहसराम यादवले सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पार्टीबाट निष्कासन गरिएको आज प्रदेशसभा सचिवालयलाई जानकारी गराएका हुन् ।

लुम्बिनी प्रदेशमा पार्टीको नीति तथा निर्णयविना नेकपा एमाले (केपी ओली समूह) लाई समर्थन गरी सरकारमा गएपछि जसपाले उनीहरुमाथि कारवाही गरेको थियो ।

एमाले नेता शंकर पोख्रेल नेतृत्वको प्रदेश सरकारमा जसपाबाट ६ मध्ये चार जना सांसद् पार्टी निर्णयविपरीत सहभागी भएका थिए ।

जसमध्ये सुमन शर्माले भने केही समयपछि सरकारबाट बाहिरिदै गल्ती भएकोमा आत्मआलोचना गरेकी थिइन् ।

जसपामा महन्थ ठाकुर समूह रहेको बेला ठाकुरकै निर्देशन अनुसार उनीहरु एमाले सरकारमा गएका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्