जसपाले भदौ १ देखि संगठन सुदृढीकरण तथा जनजागरण अभियान चलाउने

जनता समाजवादी पार्टीले आगामी भदौ १ देखि मंसिर मसान्तसम्म ‘संगठन सुदृढीकरण तथा जनजागरण अभियान’ सञ्चालन गर्ने भएको छ ।

आज बसेको जसपाको कार्यकारिणी समितिको बैठकले आगामी भदौ १ गतेदेखि मंसिर मसान्तसम्म संगठन सुदृढीकरण अभियान चलाउने निर्णय गरेको हो ।

महन्थ ठाकुर र राजेन्द्र महतो समूह अलग भएपछि जसपाले संगठन सुदृढ पार्ने अभियान चलाउन लागेको हो ।

जसपाका कार्यकारिणी समिति सदस्य गंगा श्रेष्ठका अनुसार बैठकले अभियान चलाउनका लागि कार्यकारिणी सदस्यहरुको क्षेत्र विभाजन गरेको छ ।

बैठकले जसपाको केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा र अनुशासन आयोगको प्रमुखमा नरसिंह चौधरीलाई जिम्मा दिने निर्णय गरेको छ ।

यसैगरी अनुशासन सम्बन्धी छानविन गर्नका लागि कार्यकारिणी समिति सदस्य नवराज सुवेदीको संयोजकत्वमा गोविन्द चौधरी, प्रकाश अधिकार, दुर्गा सोब र सुशीला श्रेष्ठ सदस्य रहेको समिति समेत गठन गरिएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्