एमसिसी राष्ट्रकाे हितमा छैनः एमाले नेता रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) राष्ट्रकाे हितमा नभएकाे बताएका छन् ।

प्रतिनिधिसभाको आजको विशेष समयमा उनले एमसिसी सम्झौतामाथि आशङ्का व्यक्त गर्दै सभाबाट अनुमोदन नै नभएको अवस्थामा कसरी कार्यान्वयन हुन्छ भनेर प्रतिप्रश्न गरे ।

उनले भने, ‘एमसिसीमा उल्लेख भएका कुरा नेपालको संविधानसँग बाँझिने खालका छन्, राष्ट्र हितमा छैन ।’

उनले एमसिसीको नाममा आफ्नो भूमि कुनै पनि कम्पनीलाई सुम्पिन नसकिने जिकिर गरे ।

उनले कुनै पनि देशसित कूटनीतिक सम्बन्ध बलियो बनाउनुपर्ने तर सन्धि गर्दा देशको हितमा छ की छैन भन्ने कुराको ख्याल गर्नुपर्ने बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्