लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद पदमुक्त

लुम्बिनी प्रदेशसभाका जनता समाजवादी पार्टी (जसपा) का तीन जना सांसद पदमुक्त भएका छन् ।

पदमुक्त हुनेहरुमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय छन् ।

पार्टी निर्णय विपरीत तत्कालिन नेकपा एमाले नेतृत्वकाे सरकारमा सहभागी भएपछि जसपाले उनीहरुलाई कारवाही गरेकाे थियाे ।

सरकारमा सहभागी भएपछि सन्ताेषकुमार पाण्डेय भौतिक पूर्वाधार विकास मन्त्री, विजयबहादुर यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, कल्पना पाण्डेय शिक्षा तथा सामाजिक विकास मन्त्री र सुमन शर्मा भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी थिइन् ।

शर्माले भने केही समयपछि सरकारबाट बाहिरिदै पार्टी नेतृत्वसँग माफ मागेकी थिइन् ।

जसपाले शर्मा बाहेक तीन जनालाई पार्टीबाट निष्कासन गरिएकाे पत्र हिजाे मात्र प्रदेशसभा सचिवालयलाई बुझाएकाे थियाे ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले आज एक सूचना पत्र निकाल्दै उनीहरु पदमुक्त भएकाे जनाएका हुन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्