जसपा संसदीय दलकाे नेतामा उपेन्द्र यादव चयन

जनता समाजवादी पार्टीकाे संसदीय दलका नेतामा उपेन्द्र यादव चयन भएका छन् ।

आज सिंहदरबारस्थित जसपाकाे संसदीय दलकाे कार्यलयमा भएकाे बैठकले यादवलाई दलकाे नेता चयन गरेकाे हाे ।

यादव जसपाकाे केन्द्रीय समितिका अध्यक्ष पनि हुन् ।

संघीष परिषद् अध्यक्ष समेत रहेका डा. बाबुराम भट्टराईको प्रस्ताव र महिन्द्र राय यादवकाे समर्थनमा यादव दलकाे नेता बनेका हुन् ।

२१ जना सांसद उपस्थित भएकाे बैठकले यादवलाई सर्वसम्मत रुपमा दलकाे नेता चयन गरेकाे हाे ।

दलकाे बैठक

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्