Saturday, April 1, 2023

सांसद नभएकालाई मन्त्री बनाउन खोज्दैछौं भन्ने झुटको बेलून उडाउन थालेछन्ः भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नाे बारेमा आएको समाचारमा भ्रममा नपर्न सबैसँग आग्रह गरेका छन् ।

जसपा सरकारमा जाने विषयलाई लिएर भएको बैठकमा भट्टराईले ‘आफ्नाे पत्नी हिसिला यमी र नेता गंगा श्रेष्ठलाई मन्त्री बनाउन दबाब दिएको भनी’ केही अनलाइन मिडियाहरुले समाचार लेखेर भ्रम फैलाएपछि नेता भट्टराईले सो कुरा झुटो रहेको भन्दै भ्रममा नपर्न आग्रह गरेका हुन् ।

उनले वैकल्पिक शक्ति निर्माण तथा जसपा एकता भाड्न उदत तत्वहरुले अरु केही नपाएपछि सांसद नै नभएको आफन्तलाई मन्त्री बनाउन खोज्दैछ भनी झुटको बेलून उडाउन थालेको थाहा पाएको उल्लेख गरेका छन् ।

‘भुस्याहा कुकुर स्वर्ग पुगे पनि आची खोज्दै हिड्छ रे, वैकल्पिक शक्ति निर्माण र जसपाको एकता भाड्न उदत तत्वहरुले अरु केही निहु नपाएपछि हामीले सांसद नभएका आफन्तलाई मन्त्री बनाउन खोज्दैछौं भन्ने झुटको बेलून उडाउन थालेछन्,’ भट्टराईले आज ट्वीट गर्दै आग्रह गरेका छन्, ‘झुटको भ्रममा नपर्न सबैसँग आग्रह ! आकाशतिर फर्केर कसैले नथुकोस् !’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्