यी चार सांसदको पद पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार

माओवादी केन्द्र छाेडेर एमालेमा गएका चार नेताकाे पक्षमा कारण देखाउ र अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

आफूहरु माओवादी केन्द्रमै रहेको दाबी गर्दै सर्वाेच्च अदालत पुगेका प्रभु साह, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र लेखराज भट्टको पक्षमा अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेकाे हाे ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले साेमबार अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको छ ।

उनीहरुले रिटमा आफूहरुले सांसदको रुपमा काम गर्न पाउनुपर्ने, माओवादी केन्द्रको कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न, संसदलाई कारबाहीबारे जानकारी गराइएको पत्र कार्यान्वयन नगर्नु लगायत अन्तरिम आदेश माग गरेका थिए ।

अदालतले भने उनीहरु नेकपा एमालेको सदस्य भएको र सो दलसम्बद्ध दलीय भूमिकामा संलग्न रहेको तथ्य खुल्न आएको जनाएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्