Saturday, April 1, 2023

ओली सरकारलाई विदेशीले काम गर्न दिएनः गंगा चौधरी

नेकपा एमाले (केपी ओली) की नेतृ तथा सांसद गंगा चौधरीले विदेशी हस्तक्षेपका कारण केपी ओली नेतृत्वको सरकारले काम गर्न नसकेको बताएकी छन् ।

आज प्रतिनिधिसभाको बैठकको विशेष समयमा बाेल्दै सांसद चौधरीले भनिन्, ‘एमाले सरकारको पालामा धेरै महत्वपूर्ण कार्य गर्न गइरहेको थियो । तर छिमेकी देशकाे दबालले केही गर्न पाएन । हामी नबुझ्ने छैनौ बुझेरै यहाँ आएका छौं ।’

सोही क्रममा उनले एमाले नेतृत्वको सरकार भएको बेला डेढ वर्षमा धेरै काम गरिएको दाबी गरिन् । तर उनले डेढ वर्ष समय त कोरोना महामारीको लकडाउनमै बितेको भन्दै विरोधाभाषपूर्ण कुरा व्यक्त गरिन् ।

उनले अहिलेसम्म मन्त्रिमण्डल गठन हुनु नसक्नुको पछाडि करोडौ मूल्यमा सांसदहरुको किनबेच भइरहेको बताइन् ।

उनले नेताहरुले अकुत सम्पति कमाएको भन्दै सबै नेताहरुको सम्पति छानबिन गर्न माग पनि गरिन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्