भूमिसम्बन्धी आयोग खारेज गरेर देउवा सरकारले गलत गर्यो

सांसद श्याम श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवाले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेर गलत कार्य गरेको बताएका छन् ।

उनले भूमि सम्बन्धी आयोग भूमिहिन, गरिब, सुकुम्बासी र तल्लो वर्गका जनताको जीवनसँग जोडिएको भन्दै उक्त आयोग खारेज गरेर सरकारले गल्ती गरेको बताए ।

सामाजिक सञ्जाल फेसबुकबाट उनले भने, ‘भूमि सम्बन्धी आयोगलाई देउवा सरकारले खारेज गरेर नितान्त गलत कार्य गरेको छ । यो भूमिहिन, गरिब, सुकुम्बासी र तल्लो वर्गका जनताको जीवनसित जोडिएको आयोग थियो ।’

उनले सरकार परिवर्तन हुनासाथ अघिल्लो सरकारले गरेका हरेक निर्णय उल्ट्याउने सोच र संस्कृतिबाट हरेक सरकार मुक्त हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘राम्रा कुरालाई त जसले थाले पनि तिरन्तरता दिइनुपर्छ । जनविरोधी देशघाती कुरा मात्र उल्ट्याउने हो । नत्र त धरहरा पनि उल्ट्याए भयो, रानीपोखरी पनि भताभुंग पारे भयो ।’

देउवा सरकारकाे हिजाे (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले देवीप्रसाद ज्ञवाली नेतृत्वको आयोग खारेज गरेको हो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्