व्यक्तिकाे स्वामित्वमा रहेका सबै जमिन सरकारीकरण गर्नुपर्छः वामदेव गौतम

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अब जमिनमाथि व्यक्तिगत स्वामित्व दिन नहुने बताएका छन् ।

उनले सबै जनताको निजी जमिनलाई सरकारी बनाउनुपर्ने बताएका छन् ।

एमालेको केपी ओली र माधव नेपाल दुवै समूहमा नरहेका नेता गौतमले आज राष्ट्रियसभामा यो कुरा बताएका हुन् ।

उनले व्यक्तिलाई निजी जमिनको स्वामित्व दिइएकोले कहिले पनि सुकुम्बासी वा भूमिहिनहरुको समस्या समाधान नभएको जिकिर गरे ।

‘जमिनमाथि व्यक्तिगत स्वामित्व भएसम्म यो समस्या समाधान हुँदैन,’ भूमिसम्बन्धी आयोग र सुकुम्बासी समाधानबारे उनले भने, ‘अब सरकारले सबै जमिन चलनचल्तीको मूल्य दिएर किनोस् । हामीले पहिले नै गल्ती गर्यौ र त्यो व्यक्तिगत स्वामित्वमा गयो । अब फेरि सबै सरकारको स्वामित्वमा ल्याउने काम गरौ ।’

उनले सुकुम्बासीलाई जग्गा बाँडेर समस्याको समाधान नहुने बताए ।

उनले भूमि आयोग विघटन हुँदा आन्दोलन गर्ने र फेरि आयोग गठन गर्ने कुरा गलत रहेको बताए ।

उनले जमिन व्यक्तिलाई स्वामित्व दिँदा त्यही जमिनका कारण एकखाले मानिसहरु धनीमाथि धनी भइरहेको र अर्काथरिहरु गरिब भइरहेको बताए ।

उनले व्यक्तिको जमिन सरकारले किनेर त्यसलाई योजनाबद्ध रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्