जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक आगामी भदौ १ र २ गते ललितपुरमा हुने भएको छ ।

जसपा कार्यालय प्रमुख प्रकाश अधिकारीले आज केन्द्रीय समितिको बैठकबारे केन्द्रीय सदस्यहरुलाई पत्राचार गरेका छन् ।

बैठक ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ ।

जसपा निर्माण भएपछि यो नै केन्द्रीय समितिको पहिलो बैठक हो । जसपाले कूल ८०१ सदस्यीय केन्द्रीय समिति हुने घोषणा गरेको थियो ।

हाल जसपाबाट महन्थ ठाकुर र राजेन्द्र महतो समूह अलग भएपछि केन्द्रीय सदस्यहरु को कुन पक्षमा लागेका छन् भन्ने यकिन छैन ।

Please enter your comment!
Please enter your name here