संघीयता र धर्मनिरपेक्षताविरुद्ध लागेका रविन्द्र मिश्रलाई ज्ञानेन्द्र शाहीले सघाउने

भ्रष्टाचारविरुद्ध अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाहीले विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई सघाउने घोषणा गरेका छन् ।

देशबाट संघीयता र धर्मनिरपेक्षता हटाउनुपर्ने भन्दै त्यसका लागि वकालत गरिरहेका मिश्रलाई शाहीले पूर्ण रुपमा समर्थन गर्ने घोषणा गरेका हुन् ।

भ्रष्टाचारविरुद्ध अभियानकाे नाममा युट्युब तथा सामाजिक सञ्जालमा भाइरल हुँदै आएका शाही पनि संघीयता र धर्मनिपरेक्षताको विपक्षमा देखिएका व्यक्ति हुन् ।

साझा पार्टीका अध्यक्ष मिश्रले हाल संघीयता खारेज गरी नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्ने पक्षमा वकालत गर्न थालेपछि शाहीले आफू र आफूजस्ता राष्ट्रवादी युवाहरुले मिश्रलाई सघाउने बताएका हुन् ।

शाहीले देशको धर्म, संस्कृति, संस्कार र इतिहासमाथि क्रान्तिकारी बनेका नेताहरुले घात गरेको बताएका छन् ।

उनले अप्रत्यक्ष रुपमा हिन्दू धर्म, संस्कार र संस्कृतिमाथि घात गरेको बताएका हुन् ।

मिश्रलाई ट्याग गर्दै फेसबुकमा शाहीले भनेका छन्, ‘रविन्द्र मिश्रजी तपाई जबसम्म राष्ट्रको हितमा काम गर्नुहुनेछ तबसम्म हामीजस्ता करोडौ राष्ट्रवादी युवाहरुको साथ हुनेछ । यो राष्ट्र र मुलुकको हितमा जो कुनै व्यक्ति वा संस्था वा पार्टीले काम गरेमा हाम्रो पूर्ण समर्थन हुनेछ ।’

प्रतिक्रियामा मिश्रले ‘तपाईंको सद्भाव र विश्वासको लागि अत्यन्तै आभारी छु’ भनेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्