खोटाङकाे हलेसीमा पार्टी कार्यालय बनाउन राकेश राईद्वारा ५१ हजार सहयोग

जनता समाजवादी पार्टीका संघीय परिषद् सदस्य तथा समाजसेवी राकेश राईले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम छापडाँडामा पार्टी कार्यालय निर्माण गर्नका लागि ५१ हजार १११ रुपैयाँ सहयोग गरेका छन् ।

खोटाङका जसपा निकट विद्यार्थी संगठनका नेता अञ्जिलहाङ किरातीका अनुसार आज उनले भवन निर्माण समितिका प्रतिनिधि तथा पार्टीका नेताहरुलाई उक्त रकम प्रदान गरेका हुन् ।

छापडाँडामा पार्टी कार्यालय निर्माण गर्नका लागि जसपा हलेसी तुवाचुङ नगर समितिका उपाध्यक्ष राजन राईको संयोजकत्वमा सात सदस्यीय भवन समिति गठन गरिएको थियो ।

नेता राकेश राई खोटाङ सेवा समाज र हलेसी तुवाचुङ नगरपालिकास्थित तुवाचुङ जायजुम संरक्षण समितिका अध्यक्ष पनि हुन् ।

तुवाचुङ जायजुमलाई किरात राईहरुको उद्गम थलो मानिन्छ ।

छापडाँडामा पार्टी कार्यालय निर्माण गर्नका लागि जसपा हलेसी तुवाचुङ नगर समितिका अध्यक्ष मविन्द्र राईले पाँच आना जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

करिब १० लाख रुपैयाँ संकलन गरी उक्त स्थानमा पार्टी कार्यालय निर्माण गर्ने तयारी गरिएको छ ।

जसपा हलेसी तुवाचुङ नगरका अध्यक्ष मविन्द्र राई, विद्यार्थी नेता अञ्जिलहाङ किराती, जसपा निकट ट्रेड युनियनका नेता दयाराम राई, जसपा हलेसी तुवाचुङ नगरका युवा संगठनका अध्यक्ष भुवन राईलगायतको टोलीले आज भूपू ब्रिटिस आर्मी समेत रहेका राकेश राईसँग भेटघाट गरेको हो ।

सो क्रममा उनले उक्त सहयोग रकम दिएका हुन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्