जसपाले कारवाही गरेका लुम्बिनी प्रदेशका मन्त्री पाण्डेयले दिए राजीनामा

लुम्बिनी प्रदेश सरकारका भाैतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासकाे प्रस्तावबारे प्रदेशसभामा छलफल हुन लागेकाे बेला पाण्डेयले हिजाे राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री पोखरेलविरुद्धकाे अविश्वास प्रस्तावमा छलफल गर्न आज दिउँसाे १ बजे प्रदेशसभाकाे विशेष अधिवेशन बाेलाइएकाे छ ।

नेकपा एमालेका नेतासमेत रहेका मुख्यमन्त्री पोखरेलविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गत साउन १९ गते तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

जसपाबाट सांसद नै नरहने गरी कारवाहीमा परेका मन्त्री पाण्डेयले हालै मात्र पदबाट राजीनामा दिएका हुन् ।

जसपाले पार्टीनिर्णय विपरीत प्रदेश सरकारमा सहभागी भएपछि पाण्डेयसहित प्रदेश सांसदहरु विजय यादव र कल्पना पाण्डेयलाई कारवाही गरेकाे थियाे ।

उनीहरु महन्थ ठाकुर समूहमा लागेर एमाले नेतृत्वकाे प्रदेश सरकारमा सहभागी भएका थिए ।

लुम्बिनी प्रदेशमा जसपाका ६ जना सांसद थिए । जसमा चारजना पार्टी निर्णय विपरीत प्रदेश सरकारमा सहभागी भएका थिए ।

जसमध्ये सुमन शर्मा रायमाझीले भने सरकारमा सहभागी भएकाे केही समयपछि आफूबाट गल्ती भएकाे भन्दै आत्मआलाेचना गरेपछि उनलाई गरिएकाे कारवाही फुकुवा गरिएकाे थियाे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्