एमाले युवा संघका उपाध्यक्षसहित २६ जना केन्द्रीय सदस्य माओवादी केन्द्रमा प्रवेश

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघमा उपाध्यक्ष तथा प्रवास विभाग प्रमुखसहित दुई दर्जन बढी केन्द्रीय सदस्यहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका गरेका छन् ।

युवा संघका केन्द्रीय उपाध्यक्ष याेगेश साउदसहित सुदुरपश्चिम प्रदेशका २६ जना केन्द्री सदस्य माओवादीमा फर्केिएका हुन् ।

बुधबार उपाध्यक्ष साउदले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्दै नेकपा एमाले परित्याग गरेकाे बताए ।

उपाध्यक्ष साउदलाई अध्यक्ष प्रचण्डले खादा लगाएर स्वागत गरेका छन् । साउदले २६ जना केन्द्रीय सदस्य फर्केकाे जानकारी गराएका छन् ।

उपाध्यक्ष साउद २०५७ सालदेखि माओवादी आन्दाेलनमा लागेका थिए ।

जनमिलिसियाबाट माओवादी बनेका साउद नेकपा विभाजन हुँदा लेखराज भट्टसँगै एमालेकाे युवा संघमा उपाध्यक्ष भएका थिए ।

एमालेभित्र लाेकतान्त्रिक अभ्यास र राजनीतिक चरित्र नभएकाेले त्यहाँ बस्न नसक्ने अवस्था सिर्जना भएकाे र गाैरवशाली इतिहासलाई धाेका दिन नसकिने लागेर पुनः माओवादी केन्द्रमा फर्केकाे साउदले बताए । सिएमप्रचण्ड डटकमबाट

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्