ढुंगानाले छाडे महन्थ ठाकुर समूह

महन्थ ठाकुर समूहका झापा जिल्ला उपाध्यक्ष देवेन्द्र किशाेर ढुंगानाले साधारण सदस्य समेत नरहने गरी साे समूह परित्याग गरेका छन् ।

ढुंगानाले बुधबार ठाकुर समूहका झापा जिल्ला अध्यक्ष समक्ष राजीनामा दिएका हुन् ।

राजीनामा पत्रमा उनले आफ्नो स्वास्थ्य स्थिति र पारिवारिक समस्यालाई कारण देखाएका छन् । उनले राजीनामा पत्रमा साे कुरा उल्लेख गरे पनि भित्री रुपमा उनी ठाकुर समूहले गलत गरेकाे निष्कर्षमा पुगेकाे बताइन्छ ।

तर उनले जनता समाजवादी पार्टीमै जाने भन्ने निर्णय गरेका छैनन् ।

महन्थ ठाकुर राजेन्द्र महताे लगायत नेताहरुलाई जसपाले कारवाही गरिसकेकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्