ज-जसलाई परमादेश भन्ने लागेकाे छ सांसदबाट राजीनामा दिए हुन्छः मातृका यादव

नेकपा माओवादी केन्द्रका नेता तथा सांसद मातृका यादवले प्रतिनिधिसभा र सरकार परमादेशबाट निर्माण भएको भन्नेहरुलाई सांसदबाट राजीनामा दिन चुनाैती दिएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनी पक्षका नेताहरुलाई सांसदबाटै राजीनामा दिन चुनाैती दिएका हुन् ।

‘म परमादेश भन्ने पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई के आग्रह गर्न चाहन्छु भने यो हाउसमा नआइकन राजीनामा दिए हुन्छ,’ उनले भने, ‘परमादेशबाट आएको सरकार भन्ने जजसलाई लागेको छ, राजीनामा दिए हुन्छ ।’

उनले संविधान लेखेर सही गर्ने र संविधान मान्नेहरुले नै अहिले संविधानलाई आफूखुसी प्रयोग गर्न खोज्दा अदालतले त्यसलाई रोक्दा परमादेश भयो भन्ने तर्क गरिरहेको बताए ।

परमादेश भयो भन्नेहरुले जुन सदनमा उभिएर त्यही सदनको अपमान गरिरहेको यादवले बताए ।

साे क्रममा उनले एमाले अध्यक्ष ओली मानसिक रुपमा ठीक नभएको बताए । तर उनकाे उक्त भनाइमा एमाले सांसद विशाल भट्टराईले नियमापत्ति जनाएका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्