तालिबानद्वारा राष्ट्रपति निवास कब्जा, युद्ध अन्त्य भएको घाेषणा

राजधानी काबुलमाथि नियन्त्रणसँगै तालिबानले अफगानिस्तान जितेको दाबी गरेको छ ।

अन्तर्राष्ट्रिय समुदायको समर्थन प्राप्त एवम् २० वर्षसम्म अमेरिका नेतृत्वको सैन्य गठबन्धनको सहयोगमा टिकेको सरकार झुकेपछि तालिबानले काबुल समेत नियन्त्रणमा लिएको हो ।

तालिबानका एक जना प्रवक्ताले अलजजिरासँगको कुराकानीमा युद्ध अन्त्य भएको बताएको छ ।

काबुलमा सूर्योदय भएसँगै चारैतिर तालिबानको सेतो झण्डा फहराएको देखिएको छ ।

‘काबुल अराजकतामा गएको छ, स्थानीयबासी र विदेशी नागरिक काबुलबाहिर निस्किन खोजेका छन्’, बीबीसीले उल्लेख गरेको छ ।

एक जना स्थानीय प्रत्यक्षदर्शीका अनुसार काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीले आ-आफ्नो कार्यकक्ष छोडेका छन् । अन्य सयौं ब्यक्ति विमानतर्फ दौडिरहेका देखिन्छन् ।

आइतबार बिहानै काबुलको वरिपरि पुगेका तालिबान लडाकूलाई शहर बाहिर बस्न निर्देशन दिइएको थियो ।

तर अबेर राति मात्रै तालिबान लडाकू शहरभित्र प्रवेश गरेका थिए । सुरक्षाकर्मीले शहरभित्रको सुरक्षाको जिम्मेवारी छोडेपछि तालिबानका उच्च अधिकारीले अराजकता र लुटपाट रोक्न लडाकूलाई शहरभित्र पठाएको बताएका थिए ।

लगत्तै तालिबान लडाकू राष्ट्रपति आवासमा पुगेर हतियार प्रदर्शन गरेका थिए । राष्ट्रपति अशरफ घानी काबुल छोडेको केही घण्टापछि तालिबान राष्ट्रपति निवासमा पुगेको थियो ।

अलजजिराका अनुसार राष्ट्रपति घानी छिमेकी राष्ट्र उज्वेकिस्तानको टश्केन्त पुगेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा राजधानी काबुललाई रक्तपातबाट जोगाउन आफू कठिन निर्णयमा पुगेर देश छोडेको बताएका छन् ।

अमेरिकाले दूतावासमा कार्यरत आफ्नो सबै कर्मचारी तथा कूटनीतिज्ञलाई विमानस्थलमा जम्मा गरेको छ । जहाँ छ हजार अमेरिकी सेनाले घेरा हालेर उनीहरुलाई सुरक्षा दिएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्