अफगानिस्तानमा रहेका नेपालीहरुलाई छिटो भन्दा छिटाे उद्धार गर्ने सरकारकाे निर्णय

सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई छिटो भन्दा छिटो नेपाल ल्याउने भएकाे छ ।

सोमबार बिहान प्रधानमन्त्री निबास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सकुशल रुपमा छिटो उद्धार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

विद्राेही समूह तालिबान लडाकुले अफगानिस्तान कब्जा गरेसँगै त्यहाँ रहेका नेपालीहरुलाई छिटाे भन्दा छिटाे उद्धार गर्न सरकारमाथि दबाब परिरहेकाे छ ।

अफगानिस्तानमा करिब १५ सय नेपालीहरु रहेको अनुमान गरिएकाे छ । उनीहरु कुन अवस्थामा छन् भन्ने थाहा हुन सकेको छैन ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गरिने बताएका थिए ।

सुरक्षा र उद्धार प्रतिक्षा गरिरहेका नेपालीहरुका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व रहेको प्रधानमन्त्रीकाे देउवाकाे भनाइ थियाे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्