Tuesday, March 28, 2023

देउवाले दल विभाजन अध्यादेश ल्याए त्याे ओलीतन्त्रकै अर्काे किस्ता हुनेछ

जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन अध्यादेश ल्याउन लागेको हल्ला सत्य भए त्यो ओलीतन्त्रकै अर्को किस्ता हुने बताएका छन् ।

खतिवडाले संसदलाई छलेर अध्यादेशबाट कानुन ल्याउने संसदीय विकृति बारम्बार नदोहोर्याउन आग्रह समेत गरे ।

उनले संसदीय प्रणाली घाँडो सावित भएको भए राष्ट्रिय सहमतिमा शासकीय स्वरुप परिवर्तन गर्न प्रस्ताव गरे ।

देउवा सरकारले माधव नेपाल पक्षलाई सजिलो हुने गरी दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको भए माधव नेपाल पक्षले कुनै नैतिक र साहसिक विकल्प खोज्नुपर्ने बताए ।

नेता खतिवडाले मंगलबार फेसबुकमा लेख्दै यो कुरा बताएका हुन् ।

 

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्