महन्थ ठाकुरकाे पार्टीमा २४ नेतामध्ये २२ मधेसी, एक पहाडे दम्पती

जनता समाजवादी पार्टी, नेपालबाट निष्कासनको कारवाहीमा परेको महन्थ ठाकुर र राजेन्द्र महतो समूहले बुधबार ‘जनता समाजवादी पार्टी, नेपाल लोकतान्त्रिक’ गठन गर्नका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्नासाथ ठाकुर–महतो समूहले अलग पार्टी बनाउनका लागि आयोगमा निवेदन दिएको हो ।

ठाकुर–महतो समूहको पार्टीको केन्द्रीय कार्यकारिणी समिति २४ सदस्यीय छ । जसको अध्यक्षमा महन्थ ठाकुर छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो छन् ।

ठाकुरले डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई प्रमुख नेता रहेको जसपा नेपाल भन्दा ठूलो पार्टी बनाउने घोषणा पनि गरेका छन् ।

तर ठाकुर नेतृत्वको प्रस्तावित पार्टीमा एक दम्पती बाहेक सबै मधेसी मात्र छन् ।

२४ जना कार्यकारिणी सदस्यहरुमध्ये दानबहादुर विश्वकर्मा र कलुदेवी विश्वकर्मा पतिपत्नी हुन् ।

नामावलीः

 

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्