अन्य कम्युनिष्ट पार्टीहरुसँग एकताकाे पहल गर्ने माओवादी केन्द्रकाे निर्णय

नेकपा माओवादी केन्द्रले कम्युनिष्ट क्रान्तिकारी शक्तिहरुसँग एकता र ध्रुवीकरण गर्ने निर्णय गरेकाे छ ।

शनिबार र आइतबार काेटेश्वरकाे पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकले पार्टीलाई व्यवस्थित र संस्थागत गर्दै अन्य पार्टीसँग एकताका लागि वार्ता तथा पहल गर्ने निर्णय गरेको हो ।

माओवादी नेता नारायणकाजी श्रेष्ठले बैठकले क्रान्तिकारी धाराका सबै पार्टीलाई एकै केन्द्रमा ल्याउने गरी पहल गर्ने निर्णय गरेको बताए ।

‘कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकता र ध्रुवीकरणका लागि वार्ता तथा पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ’, बैठकका निर्णय सुनाउँदै उनले भने, ‘एकता र ध्रुवीकरणका लागि सम्भावना भएका सबै शक्तिसँग वार्ता गर्ने निर्णय भएको छ ।’

बैठकले पार्टीका विभागीय प्रमुख समेत ताेकेकाे छ । केही ठाउँमा इञ्चार्ज समेत तोकिएका छन् ।

यसैगरी राष्ट्रिय सम्मेलनलाई केन्द्रमा राखेर वडा, पालिका र प्रदेश अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ ।

पार्टी निर्वाचन समितिले निर्वाचन नियमावली र निर्देशिका तयार पार्ने काम गरेको र उक्त निर्देशिका पार्टीका तल्ला कमिटीमा पठाइने श्रेष्ठले बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्