एमसीसीले देश ठुलो द्वन्द्वमा फस्ने जसपा नेताको चेतावनी [भिडियाे सहित]

जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य डा. कृष्णकुमार राईले एमसीसी नेपालको राष्ट्रिय हितमा नभएको बताएका छन् ।

नेपालमा एमसीसी लागु गरे देश ठुलो द्वन्द्वमा फस्ने उनले चेतावनी दिए ।

एमसीसीबारे साल्पा अनलाइनसँगको कुराकानीमा उनले भने, ‘एमसीसी लागु भए नेपालमा धेरै ठुलो भुइचालो जान्छ, त्यसबाट को को कहाँ पुग्छ थाहा छैन ।’

उनले सत्तामा बस्ने ठुलो पार्टीका नेताहरुले बन्दुक र सत्ताको आडमा मनपरी गरे नेपाल अफगानिस्तान जस्तै विदेशी शक्ति राष्ट्रहरुको युद्धस्थल बन्ने बताए ।

उनले अमेरिकाले एमसीसीमार्फत नेपालमा रहेका ६ हजार नदीनालाबाट उर्जा तथा विद्युत उत्पादन गरी आफैले बिक्री वितरण गर्ने र नाफा कमाउने उद्देश्य राखेको बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्