नेकपा एमालेकाे प्रवक्ताको जिम्मेवारी योगेश भट्टराईले पाएका छन् ।

मंगलबार बसेको एमाले स्थायी समितिकाे बैठकले पार्टीका संरचना २ जेठ २०७५ कै अवस्थामा ब्यूँताउने सहमति गरेसँगै भट्टराईले प्रवक्ताकै जिम्मेवारी पाएका हुन् ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुअघिसम्म भट्टराई प्रवक्ताकाे जिम्मेवारीमा थिए ।

उनले बुधबारदेखि प्रवक्ताकाे जिम्मेवारी सम्हालेका छन् । मंगलबारसम्म प्रदीप ज्ञवाली पार्टी प्रवक्तामा थिए ।

Please enter your comment!
Please enter your name here