जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी सदस्य रकम चेम्जोङले संसद विघटन तथा प्रतिगमनलाई परास्त गर्ने प्रमुख शक्ति जसपा रहेको दाबी गरेका छन् ।

बुधबार प्रदेश नं १ को विराटनगरमा जसपाद्वारा आयोजित प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा उनले प्रतिगमनलाई परास्त गर्ने प्रमुख शक्ति जसपा रहेको दाबी गरेका हुन् ।

उनले नेकपा एमालेका अध्यक्ष केपी ओली जस्ता प्रतिगामीहरुलाई परास्त सके मात्र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशिता स्थापित हुने बताए ।

उनले ओली जस्ता प्रतिगामीहरुलाई परास्त गर्नका लागि कम्तिमा पनि अबको चुनावसम्म मोर्चा जोगाउनुपर्ने बताए ।
प्रतिगामीविरुद्धको मोर्चा जोगाउने वातावरण जसपाले निर्माण गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here