Wednesday, March 29, 2023

केही बेइमानहरुले प्रतिगमनको साथ लागेर पार्टी छोडेः महेन्द्र राय यादव

जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी सदस्य महेन्द्र राय यादवले पार्टीका केही बेइमानहरुले प्रतिगमनको साथ लागेर पार्टी छोडेको बताएका छन् ।

संविधान संशोधन, पहिचानसहितको संघीयता, राष्ट्रपतीय शासन प्रणाली, खर्चिलो र भ्रष्टाचारजन्य निर्वाचन प्रणालीको सुधार लगायतका लागि अग्रगामी शक्तिहरु एकता गरेर अघि बढ्नुपर्ने बेला पार्टीका बेइमानहरुले प्रतिगमनलाई साथ दिएर पार्टी छोडेको उनको भनाइ छ ।

बुधबार प्रदेश नं १ को विराटनगरमा पार्टीले आयोजना गरेको प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने उनले सो कुरा बताएका हुन् ।

उनले देशका उत्पीडितहरुको पहिचान र अधिकार स्थापित गर्नका लागि एकता नै आजको प्रमुख आवश्यकता रहेको बताए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्