जसपा एक हप्ताभित्रै सरकारमा सहभागी हुन्छः भट्टराई

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा एक हप्ताभित्रै सरकारमा सहभागी हुने बताएका छन् ।

उनले तराई-मधेश र पहाडकाे प्रतिनिधित्व हुने गरी समावेशी आधारमा जसपा सरकारमा सहभागी हुने बताए ।

बुधबार बागमती प्रदेशकाे काठमाडाैँमा जसपाद्वारा आयोजित प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा भट्टराईले जसपा नयाँ विचार र एजेण्डासहितको वैकल्पिक शक्तिको उदयमान भएको दाबी गरे ।

महन्थ ठाकुरले प्रतिगमनको मतियार बन्दा प्रधानमन्त्री बन्ने अवसर गुमाएको टिप्पणी गर्दै भट्टराईले ठाकुर–महतोलाई खाने बेलामा अभागीलाई रिस उठे जस्तै भएको भनी व्यंग्य गरे ।

जसपा बाहेक कुनै पनि राजनीतिक शक्तिले मुलुकलाई सही निकास दिन नसक्ने दाबी गर्दै उनले आगामी निर्वाचनबाट जनताका उत्साहजनक मत पाएर जसपा बलियो शक्तिको रुपमा उभिने विश्वास व्यक्त गरे ।

भदाै १ र २ गते सम्पन्न केन्द्रीय समितिको बैठकले निर्णय गरे अनुसार सातवटै प्रदेशमा सुरु भएको संगठन सुदृढीकरण र जनजागरण अभियानले जसपालाई एउटा नयाँ उचाइमा पुर्याउने उनले बताए ।

कार्यक्रममा जसपाका नेताहरु राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव, हिसिला यमी लगायतले सम्बोधन गरेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्