हिन्द-प्रशान्त रणनीतिको ज्वारभाटाले नेपाललाई छुनेवाला छः अशाेक राई

जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता अशोक राईले नेपालको राजनीतिमा अन्तर्राष्ट्रिय हस्तक्षेप बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

बुधबार प्रदेश नं १ को विराटनगरमा आयोजना गरिएको पार्टीको प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा नेता राईले नेपालको अबको राजनीति सहज नहुने भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

उनले अमेरिकाले अघि सारेको इन्डो प्यासिफिक स्ट्राटेजीको ज्वारभाटाले नेपाललाई छुने बताए ।

‘हिन्द प्रशान्त रणनीतिको ज्वारभाटाले हामीलाई छुनेवाला छ, नेपालमा सहज राजनीति हुनेछैन,’ कार्यकर्ताहरुको बिचमा नेता राईले भने, ‘नेपाली राजनीति अहिले फुकीफुकी पाइला चाल्नुपर्ने अवस्थाबाट गुज्रिरहेको छ ।’

उनले नेपाली राजनीतिलाई जसपाले केलाएर अघि बढ्नुपर्ने बताए ।

सो क्रममा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कदमलाई आपूmहरुले प्रतिगामी कदमको रुपमा निष्कर्ष निकालेको बताए ।

तर ओलीको कदमविरुद्ध आपूmहरुले आन्दोलन गर्दा त्यो पतन भएको उनले बताए ।

उनले भने, ‘प्रतिगामी ओली कदमसँग आमनेसामने हुुँदै आउदा ओली प्रवृत्तिको पतन भएको छ । नयाँ सरकार र नयाँ प्रवृत्तिको जन्म भएको छ, अब यसलाई अगाडि लिएर जाने जिम्मेवारी जसपाको काँधमा छ ।’

जसपाले सुरु गरेको संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान)को संयोजक समेत रहेका नेता राईले पालिकादेखि वडा र टोलटोलसम्म संगठन निर्माण गर्ने, जनताको चाहना अनुसारको काम गर्ने, भ्रष्टाचारको विरोध गर्ने जस्ता काम गरी पार्टी संगठन बलियो बनाउन कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्