अहिले जसपाबाट ओलीका मतियारहरु छुट्टिएका छन्ः उपेन्द्र यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको रक्षाको लागि गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको आधारमा जसपा चाडै सरकारमा सहभागी हुने बताएका छन् ।

बुधबार विराटनगरमा आयोजित पार्टीकाे प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा यादवले भने, ‘संघीय गणतन्त्र, सामाजिक न्याय, जनताको आधारभूत आवश्यकता, न्यूनतम साझा कार्यक्रम र जसपाको एजेन्डालाई मुख्य आधार बनाएर आगामी हप्ताभित्रै सरकारमा सहभागी हुन्छौं ।’

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्माओली हिटलर जस्तै निर्वाचित तानाशाह बन्न खोजेकोले उनको पतन भएको बताए ।

‘लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेर ओलीले ढोँगी राष्ट्रवादको खोल ओढेका थिए । तर त्यसको केही दिनमै नक्कली राष्ट्रवाद उदांगियो,’ उनले भने, ‘ओलीको तानशाही सपना चकनाचूर पारेर संघीय लोकतान्तिक गणतन्त्रलाई दिगो बनाउने काम जसपाले गरेको छ । यो ओलीकै लागि पनि फाइदाको कुरा हो । उनको सांसद पद सुरक्षित छ ।’

उनले केही बेइमानहरुले जसपाले थालेको लडाइँको मैदान छाडेर ओलीकै टाङ्गमुनि छिर्ने काम गरेको बताए ।

‘महन्थ ठाकुर एण्ड कम्पनी ओलीकै असंवैधानिक र अवैध कदमको साथ लागेर मन्त्री हुन गए र समाप्त भए । हिजो पनि उनीहरुको दाउँ मन्त्री मात्र बन्ने थियो, आज पनि त्यही चरित्र देखिँदैछ,’ उनले भने ।

अध्यक्ष यादवले निर्वाचन आयोगले दिएको आधिकारिताको हिबासले जसपा फुटेको नभई प्रतिगमनका केही मतियारहरु भागेको टिप्पणी गर्दै युद्ध र अभियानमा हिँड्दा केही कमजोरहरु बाटोमै छोडिएकाे बताए ।

पूर्व राजपाका ९० प्रतिशत नेता कार्यकर्ता आज पनि जसपामै रहेकाे उनले बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्