राईलाई राजीनामा गराएर प्रदेश १ को मुख्यमन्त्रीमा आचार्य

नेकपा एमालेको अन्तरसंघर्षमा माधव नेपाल समूहमा रहेका नेता भीम आचार्य केपी ओली समूहमा लागेपछि प्रदेश १ का मुख्यमन्त्री बनेका छन् ।

ओली समूहमा रहेका निवर्तमान मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि सो ठाउँमा आचार्य मुख्यमन्त्री बनेका हुन् ।

एमाले अध्यक्ष ओलीको निर्देशनमा राईले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए भने आचार्यले पनि आजै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट सपथ लिएका हुन् ।

आचार्यलाई मुख्यमन्त्री बनाउनुअघि उनलाई आजै एमालेकाे प्रदेश १ को संसदीय दलको नेता चयन गरिएको थियो ।

नवनियुक्त मुख्यमन्त्री आचार्यले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

९३ सदस्यीय प्रदेशसभामा एमाले ५१ सांसदसहित प्रष्ट बहुमतमा छ ।

तर, हिजो मात्र नयाँ पार्टीकाे रुपमा नेकपा एकीकृत समाजवादी पार्टीको मान्यता पाएको माधव नेपाल समूहले प्रदेश १ मा आफूहरुको पक्षमा नाै जना सांसद रहेको बताएको छ ।

प्रदेश १ मा सरकार बनाउनका लागि चाहिने बहुमतकाे संख्या ४७ हो ।

यदि नेकपा एकीकृत समाजवादीले दाबी गरे अनुसार उनीहरुको पक्षमा रहेका सांसदहरु एक महिनासम्म पनि उनीहरुकै पक्षमा रहेको खण्डमा भने मुख्यमन्त्री आचार्य सत्ताबाट ओर्लनुपर्ने अवस्था पनि आउन सक्छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्