अहिले पनि महिला, दलित, मधेसी, आदिवासी जनजातिमाथि कानुनी रुपमै विभेद छ

जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता अशोक राईले नेपालमा अहिले पनि विभिन्न खालका कानूनी विभेद रहेकाले आफूहरुले लडिरहेको बताएका छन् ।

शुक्रबार प्रदेश २ को जनकपुरमा आयोजित पार्टी सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान)को कार्यक्रममा नेता राईले अहिले पनि आदिवासी जनजाति, मधेसी, दलित, महिलाहरुमाथि कानुनी विभेद रहेको बताए ।

‘नारीहरुमाथि अहिले पनि विभेद छ । समाजमा त विभेद छ नै, कानुनी विभेद पनि छ । संविधान, ऐन, कानुन र व्यवहारमा विभेद छ,’ उनले भने, ‘यहाँ क्षेत्रीय विभेद छ, मधेसमा विभेद छ, मधेसीमाथि विभेद छ, कर्णालीमा विभेद छ, आदिवासी जनजातिमा भाषा संस्कृतिको छ ।’

उनले आजको २१औं शताब्दीमा पनि दलितहरुले अपमान र विभेद भोग्नु परिरहेको बताए ।

‘दलितहरुमाथि आजको २१औं शताब्दीमा पनि अपमान र विभेद छ,’ उनले भने, ‘यो न्यायको लडाईं अगाडि बनाउनका लागि नै जसपाकाे आवश्यकता छ ।’

उनले विभेदरहित संविधान जारी गर्न कांग्रेस एमालेले चाहेको भए सम्भव थियो भने ।

तर कांग्रेस र एमालेले विभेदरहित संविधान जारी गर्न नचाहेकै कारण आज पनि विभेद रहेको र न्यायको लडाईंका लागि आफूहरुले लडिरहेको उनले बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्