Thursday, June 1, 2023

केपी ओली र महन्थ ठाकुर समूह प्रतिगमनकाे उत्तराधिकारी हुन्

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली र महन्थ ठाकुर समूह प्रतिगमनकाे उत्तराधिकारी भएको बताएका छन् ।

शुक्रबार प्रदेश २ काे जनकपुरमा जसपाले आयोजना गरेको प्रदेश स्तरीय अभिभुखीकरण कार्यक्रममा यादवले ओली र ठाकुर समूह गणतन्त्रसहितको उपलब्धी मास्ने दिशामा अघि बढेकाले उनीहरु सत्ताच्यूत भएकाे बताए ।

उनले भने, ‘पञ्च केपी ओली केशरजंग रायमाझी बन्न खोजेका थिए र महन्थ ठाकुर बेदानन्द झा बन्न खोजेका थिए तर परिवर्तनविरोधी उनीहरुको कदमलाई हामीले विफल पारिदियौं ।’

संघीय गणतन्त्र र समावेशीकरणसहित आन्दोलनका उपलब्धीहरुको रक्षा जसपाले मात्र गर्न सक्ने दाबी गर्दै उनले आगामी निर्वाचनमा जसपा बलियो वैकल्पिक शक्तिको रुपमा उदय हुने बताए ।

ठाकुर-महताे समूहकाे सांसद पद आफूहरुले जोगाइदिएको जिकिर गर्दै यादवले भने, ‘हामीले चाहेको भए केन्द्रदेखि प्रदेशसम्म कारबाही गरेर उनीहरुको सांसद पद खोस्न सक्थ्याैं । तर हामीले केही गरेनौ ।’

अध्यक्ष यादवले जसपालाई समाजवादकाे केन्द्र रहेकाे जिकिर गरे ।

उनले भने, ‘समाजवादी भनेर कसैले नाम, नीति वा एजेन्डा बोके पनि नेपालमा समाजवादको केन्द्र जसपा नै हो ।’

साे क्रममा उनले जसपाका कार्यकारिणी सदस्य समेत रहेका प्रदेश २ मुख्यमन्त्री लालबाबु राउत लगायत मन्त्रीहरुलाई जनहितको कामलाई प्राथमिकता दिन अनुराेध गरे ।

उनले भने, ‘तपाईहरु जनताको काममा समर्पित भएर अन्य प्रदेश भन्दा फरक तर उदाहरणीय बनेर देखाउनुस् ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्