एमाले सिध्याउने प्रचण्ड, देउबा, माकुने, बाबुराम र उपेन्द्रकाे हिसाब किताब गरिनेछ

नेकपा एमालेका नेता महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको एमाले सिध्याउने एकमात्र अभिष्ट रहेको बताएका छन् ।

उनले समय आएपछि एमाले सिध्याउन चाहनेहरुको उचित हिसाबकिताब गर्ने चेतावनी समेत दिए ।

उनले माओवादी केन्द्रबाट सभामुख भएका अग्नि सापकोटालाई ‘गुरिल्ला’को संज्ञा पनि दिए ।

सभामुख सापकोटाले एमालेले कारवाही गरेका १४ जना सांसदहरुको पद रिक्त नहुने निर्णय गरेपछि बस्नेतले आज फेसबुकबाट आक्रोश पोखेका छन् ।

सभामुख सापकोटाले एमालेबाट अलग भएर माधव नेपालको अध्यक्षतामा नयाँ दल दर्ता भएकोले सो पक्षका सांसदहरुमाथिको कारवाही कार्यान्वयन नहुने निर्णय गरेका हुन् ।

सभामुख सापकोटाप्रति आक्रोश पोख्दै बस्नेतले लेखेका छन्, ‘१४ जना सांसदहरुलाई केन्द्रीय कमिटि र संसदीय दलबाट आवश्यक प्रकृया पुरा गरी कारवाही गरी निष्कासन गरिएकोमा जनयुद्धबाट आएका गुरिल्ला सभामुख अग्निप्रसाद सापकोटाले सामान्य सूचना टाँस गर्नुपर्नेमा अवैधानिक ढंगले विधायिकी अधिकार प्रयोग गरेर द्वन्द्वकालको झझल्को दिने गरी सर्वोच्च अदालतको समानान्तर अभ्यास गरेर न्यायाधीश जस्तो कसैको पद रिक्त नहुने फैसला सुनाएछन् ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको असक्षमता र अकर्मण्यताको कारण मुलुकको विकासको गतिविधि रोकिएको बेला सभामुख सापकोटाले दलहरुबीच झन द्वन्द्व बढाउने काम गरेको बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्