भारतमा मिर्गाैला प्रत्यारोपण गरेर फर्किए खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मिर्गाैला प्रत्यारोपाण गरेर सोमबार अपरान्ह स्वदेश फर्किएका छन् ।

भारतको एपोलो अस्पतालमा गत साउन २० गते खनालकाे मिर्गाैला प्रत्यारोपण गरिएकाे थियाे । उनले गत असार २ गते अस्पताल भर्ना भएका थिए ।

खनाल स्वदेश आउने भएपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसहितका नेता तथा कार्यकर्ताहरु साेमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

एमाले एकताको सन्देश दिएर उपचारका लागि दिल्ली गएका खनाल फर्किँदा एकीकृत समाजवादीका नेता बनेका हुन् । उनी एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य हुन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्