एमालेकाे अध्यक्ष पदमा उम्मेदवारी दिने ईश्वर पोखरेलकाे घाेषणा

नेकपा एमाले महासचिव ईश्वर पोखरेलले पार्टीको १०औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घाेषणा गरेका छन् ।

सोमबार पत्रकारसँगकाे भेटघाटमा पोखरेलले नेतृत्वमा आफ्नो दाबी रहने घोषणा गरेका हुन् ।

एमालेको १०औँ महाधिवेशन आगामी मंसिर १० देखि १३ गतेसम्म काठमाडौँमा हुँदैछ । पोखरेलले आफू दुईपटक महासचिव भइसकेको र तेस्रोपटक हुन विधानले नदिने भएकाले अबको स्टेप अध्यक्ष नै भएको बताए ।

उनले भने, ‘मलाई अध्यक्ष पद डिजर्भ गर्छ ।’

आफू अध्यक्षमा लड्न योग्य भएको र पार्टी पंक्तिको भावनाअनुसार नेतृत्व लिन अग्रसर हुने पोखरेलको भनाइ छ ।

अहिलेसम्म एमालेमा अध्यक्ष केपी ओलीबाहेक अरु कसैले पनि नेतृत्वमा दाबी गरेको छैन ।

ओलीले फेरि एकपटक नेतृत्वमा दोहोरिने इच्छा प्रकट गरेका छन् । ओली निकट नेता शंकर पोखरेलले केही समयअघि नै ओलीकै नेतृत्वमा पार्टी चुनाव र सरकारमा जाने घोषणा गरिसकेका छन् ।

एमालेमा नेतृत्वमा दाबी गर्ने पोखरेल पहिलो नेता बनेका छन् । न्युज कारखाना

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्