जसपाद्वारा उम्मेदवार छनोटको मापदण्ड तयार, नेताहरुकाे जिम्मेवारी पनि तोकियो

विजय चाम्लिङ

जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी मापदण्ड र प्रक्रिया निर्माण गरेको छ ।

यही भदौ १, २ र ३ गते ललितपुरको बालकुमारीस्थित ज्यापु प्रज्ञा भवनमा बसेको राजनीतिक समितिको बैठकले उम्मेदवार छनोट सम्बन्धी दुईबुँदे मापदण्ड सातबुँदे योग्यता तोकेको हो ।

मापदण्डको पहिलो बुँदामा ‘पार्टी र समाजमा लोकप्रिय, सक्रिय, दक्ष, निष्पक्ष र निरन्तर’ रहेको हुनुपर्ने उल्लेख छ ।

दोस्रो बुँदामा प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको गहन अध्ययन र विश्लेषण गरेर उम्मेदवार निक्र्योल गरिने उल्लेख छ ।

उम्मेदवारको योग्यतासम्बन्धी मापदण्डचाहिँ यस्तो छः

१ पार्टीको विचार, नीति, सिद्धान्त र कार्यक्रमलाई आत्मसात् गर्ने ।
२ पार्टीको समितिमा संगठित र सक्रिय रहेको ।
३ पार्टी र सामाजिक जनकार्यमा समर्पित हुने ।
४ स्वच्छ सामाजिक छबि तथा नैतिकवान् भएको ।
५ निर्वाचनमा विजय हासिल गर्न सक्ने सम्भावना भएको ।
६ सम्बन्धित क्षेत्र तथा जिल्लाको वस्तुस्थिति बुझेको ।
७ सुशासनको प्रत्याभूत गर्न सक्ने ।

उम्मेदवार छनोटको प्रक्रिया

जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाकाअनुसार यही भदौ मसान्तसम्ममा सबै जिल्ला समन्वय समितिहरुले सम्भावित उम्मेदवारहरुको नाम सम्बन्धित प्रदेश समितिमा पठाउने र प्रदेश समितिले असोजको १, २ गतेसम्ममा एक निर्वाचन क्षेत्रबाट बढीमा ३ जनाको नाम प्रस्ताव गरी संसदीय बोर्डमा पठाउने निर्णय भएको छ ।

संसदीय बोर्डले उम्मेदवारकाबारे आवश्यक छानबिन गरी निर्णयका लागि केन्द्रीय कार्यकारिणी समितिमा पठाउने प्रक्रिया निर्माण गरिएको छ ।

उम्मेदवारहरुको नाम सिफारिस गर्दा महिलाहरुको समावेशितालाई समेत ध्यान दिनुपर्नेछ ।

निर्वाचन तयारी समितिको टिओआर

जसपाले केन्द्रीय कार्यालयमा निर्वाचन डेस्कको रुपमा ‘निर्वाचन अभियान तयारी समिति’को सचिवालय स्थापना गरी काम गर्ने भएको छ ।

जसले पार्टीका सबै निर्वाचनहरुलाई परिचालन गरी कार्यान्वयन गर्नेछ । बैठकले निर्वाचन तयारी समितिको लागि दशबुँदे टिओआर समेत निर्माण गरेको छ ।

जसमा पार्टी केन्द्रले तयार गरेका निर्वाचन निर्देशिका अनुसार पार्टीका हरेक निर्वाचनको गतिविधिलाई कार्यान्वयन गर्ने गराउने, समय समयमा चुनावहरुबाट प्राप्त सकारात्मक सिकाइलाई चुनाव निर्देशिकामा अपडेट गर्न सुझाव र सल्लाह तयार पारी पार्टी केन्द्रलाई सिफारिस गर्ने,

निर्वाचन आयोगसँग समन्वय गरी निर्वाचन ऐन नियमावली बनाउने, चुनावको घोषणापत्र तयार गरी पार्टी केन्द्रलाई सिफारिस गर्ने, प्रदेशदेखि पालिका र बुथस्तरीय तालिम तथा गोष्ठिहरुको आयोजना गर्ने, चुनावको प्रचार प्रसार सामग्रीहरुको निर्माण गरी वितरण गर्ने, निर्वाचनको गतिविधिहरुको अनुगमन गर्ने गराउने लगायत छन् ।

विभाग गठन तथा प्रदेश इन्चार्ज

बैठकले सात वटा विभागहरुको प्रमुख उपप्रमुख र सदस्यहरु पनि तोकेको छ ।

संगठन विभाग, जनसंगठन विभाग, सूचना सञ्चार प्रकाशन तथा प्रचार विभाग, आर्थिक विभाग, बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन विभाग, युवा विद्यार्थी तथा खेलकुद विभाग र महिला विभागको प्रमुख, उपप्रमुख तोकेको छ भने सातवटै प्रदेश, पहिचानमा आधारित राष्ट्रिय समितिहरुको इन्चार्ज र सहइन्चार्जहरु तोकिएको छ ।

१ संगठन विभाग
प्रमुखः रामसहाय प्रसाद यादव
उपप्रमुखः कैलाशप्रसाद यादव
उपप्रमुखः खगेन्द्र माखिम
उपप्रमुखः रञ्जु ठाकुर
२ जनसंगठन विभाग
प्रमुखः शुशीला श्रेष्ठ
उपप्रमुखः बालकिशोर यादव
३ सूचना सञ्चार प्रकाशन तथा प्रचार विभाग
प्रमुखः पूर्णबहादुर बस्नेत
उपप्रमुखः अमरनाथ मण्डल
४ आर्थिक विभाग
प्रमुखः विजय यादव
उपप्रमुख आङदेण्डी शेर्पा
५ बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन विभाग/संयन्त्र
प्रमुखः रणध्वज कङ्दङ्वा लिम्बू
उपप्रमुखः डा. उमाशंकर प्रसाद
६ युवा विद्यार्थी तथा खेलकुद विभाग/संयन्त्र
प्रमुखः रमेशबाबु श्रेष्ठ
उपप्रमुखः प्रमोद साह
७ महिला विभाग/संयन्त्र
प्रमुखः लीला सिटौला
उपप्रमुखः प्रमिला यादव

प्रदेश इन्चार्ज तथा सहइन्चार्जहरु

प्रदेश १
इन्चार्जः रकम चेम्जोङ
सहइन्चार्जः परशुराम बस्नेत, रामविलाश यादव, प्रविण चाम्लिङ
मधेस प्रदेश
इन्चार्जः मृगेन्द्रकुमार सिंह यादव
सहइन्चार्जः आत्मरामप्रसाद साह, दीपक कार्की
बागमती प्रदेश
इन्चार्जः कृष्णबहादुर घःजु
सहइन्चार्जः लालबहादुर तामाङ, सुनी लामा, मोहन बराइली, लक्ष्मण हुमागाईं
गण्डकी प्रदेश
इन्चार्जः शिवलाल थापा
सहइन्चार्जः धनप्रसाद तामाङ, खेमजङ्ग गुरुङ, राजन केसी
लुम्बिनी प्रदेश
इन्चार्जः मो. इश्तियाक राई
सहइन्चार्जः नवीनकुमार सुनुवार, केशवलाल शर्मा
कर्णाली प्रदेश
केन्द्रले नै हेर्ने
सुदूरपश्चिम प्रदेश
इन्चार्जः मालामती चौधरी
सहइन्चार्जः भीमबहादुर थापा
गैरभौगोलिक विशेष प्रदेश
इन्चार्जः रेखा यादव
सहइन्चार्जः देवराज राई
प्रवास विशेष प्रदेश
इन्चार्जः आङ्काजी शेर्पा
सहइन्चार्जः मानबहादुर राई, पिजी शेर्पा
खसान राष्ट्रिय समिति
इन्चार्जः प्रेमनारायण थापा
सहइन्चार्जः वलिराज शाही
थरुहट राष्ट्रिय समिति
इन्चार्जः होरीलाल चौधरी
मगरात राष्ट्रिय समिति
इन्चार्जः निर्मल जिसी
सहइन्चार्जः देवबहादुर दुरा
तमुवान राष्ट्रिय समिति
इन्चार्जः रुद्रबहादुर गुरुङ
सहइन्चार्जः
नेवा राष्ट्रिय समिति
इन्चार्जः राधाकृष्ण महर्जन
सहइन्चार्जः शोभा बज्राचार्य, भगवती सुवेदी
ताम्सालिङ राष्ट्रिय समिति
इन्चार्जः
सहइन्चार्जः कृष्ण घलान
शेर्पालुङ राष्ट्रिय समिति
इन्चार्जः लाक्पा शेर्पा
किरात राष्ट्रिय समिति
इन्चार्जः रमेश राई
सहइन्चार्जः सिद्धान्त राई
लिम्बुवान राष्ट्रिय समिति
इन्चार्जः खगेन्द्र माखिम
मधेस राष्ट्रिय समिति
इन्चार्जः नित्यानन्द ताजपुरिया
शिल्पी विशेष प्रदेश समिति
इन्चार्जः कमला हेमचुरी
सहइन्चार्जः दलमर्दन कामी

बैठकमा पार्टीका केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवले पाँचबुँदे प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावहरु परिमार्जनसहित पास गर्ने निर्णय भएको राजनीतिक समिति सदस्य पूर्णबहादुर बस्नेतले बताए ।

बैठकले यही भदौ १५ गतेभित्रमा पुनर्गठन गर्न बाँकी रहेका पार्टी समितिहरु तथा जनवर्गीय संगठनहरुको पुनर्गठन गर्ने निर्णय पनि गरेकाे छ ।

पार्टी समितिहरुको पुनर्गठन वा गठन गर्दा ३३ प्रतिशत महिलालाई समावेश गराउने र समितिमा युवाहरुलाई राख्न प्राथमिकता दिनुपर्ने उल्लेख छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्