हिन्दू राज्य र राजसंस्थाकाे पक्षमा त्रिपाठीकाे नेतृत्वमा नयाँ पार्टी

नेपाललाई हिन्दू राज्य बनाउनुपर्ने पक्षमा वकालत गरिरहेका विभिन्न क्षेत्रका व्यक्तिहरुले साेमबार काठमाडाैँमा एकीकृत शक्ति नेपाल नामक नयाँ पार्टी गठन गरेका छन् ।

उक्त पार्टीकाे अध्यक्षमा पत्रकार देवप्रकाश त्रिपाठी छन् । १५ पदाधिकारी र २४ सदस्य रहने उक्त पार्टीकाे अन्य पदाधिकारी टुंगाे लाग्न बाँकी छ ।

एकीकृत शक्ति नेपालकाे मूल राजनीतिक लक्ष्य हिन्दू राज्य र राजसंस्था रहने छ । जसमा नायक निखिल उप्रेती समेत लागेका छन् ।

पार्टी घोषणापछि कार्यसमितिका पदाधिकारीहरुले भद्रकाली मन्दिर पुगेर मुलुक र जनताप्रति सधैं वफादार रहने भन्दै सपथ लिएका छन् ।

नेपालमा हिन्दू राज्य र राजसंस्थाकै वकालत गर्ने प्रमुख पार्टीकाे रुपमा कमल थापा नेतृत्वकाे राप्रपा छ ।

पछिल्लाे समय विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पनि यही मुद्दा बाेक्ने घाेषणा गरेका छन् । जसका कारण मिश्रकाे पार्टी फुट्ने अवस्थामा पुगेकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्