अर्थको जिम्मेवारी खोसिएपछि असन्तुष्ट मन्त्री यादवले गरेनन् पदभार ग्रहण

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गत १३ भदौमा दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरे ।

मुख्यमन्त्री राउतले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहलाई अर्थ र अर्थमन्त्री विजय यादवलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिए ।

अर्थ मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री साहले १४ भदौमा पदभार ग्रहण गरिसकेका छन् ।

तर, अर्थ मन्त्रीबाट भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री यादवले भने अझै पदभार ग्रहरण गरेका छैनन् ।

अर्थ मन्त्रालयको जिम्मेवारी खोसिएपछि मन्त्री यादव असन्तुष्ट भएका छन् ।

मुख्यमन्त्री राउत र मन्त्री यादवबीच प्रदेश सरकार गठनदेखि नै तिक्तता देखिन्छ । मन्त्री यादवले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा नलिई राजीनामा दिने हल्ला राजनीतिक वृत्तमा फैलाइएको थियो । तर, मन्त्री यादवले आफूले राजीनामा नदिने बताएका छन् । न्युज कारखाना

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्