ओली समर्थक महन्थ समूह देउवा सरकारमा पनि सहभागी हुन खोज्दै !

नेपाली कांग्रेससहित विपक्षी दलहरुले दुई दुई पटक संसद विघटन गर्ने नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी ओली नेतृत्वको सरकारविरुद्ध संघर्ष गरिरहेका बेला ओलीलाई सघाएर सरकारमा सहभागी भएको महन्थ ठाकुर समूह फेरि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि सहभागी हुन लालयित भएका छन् ।

ठाकुर समूह जनता समाजवादी पार्टीबाट निर्णय नभएको अवस्थामा पनि ओली सरकारमा गएको थियो ।

ओली सरकारले संसद विघटन गर्दा असंवैधानिक कदम भनी जसपा आन्दोलनमा रहेको बेला ठाकुर समूह सरकारमा गएको थियो ।

तर ठाकुर समूहबाट मन्त्री भएकाहरु १८ दिनपछि सर्वोच्च अदालतको आदेशपश्चात पदच्युत भएका थिए ।

हाल लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेको यो समूह देउवा सरकारमा पनि सहभागी भएर मन्त्री लगायत सुविधा भोग गर्ने कसरतमा जुटेको छ ।

विचार र नैतिकताको राजनीति ध्वस्त पार्ने ठाकुर समूह पदका लागि फेरि देउवा सरकारमा पनि जाने प्रयास गरिरहेको छ ।
यसका लागि ठाकुरले देउवासँग वार्ता गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरदसिंह भण्डारीले मधेसको मुद्दाबारे देउवा सरकार र आपूmहरुको पार्टीबीच सहमति भइसकेको बताए ।

तर उक्त सहमति के हो भन्ने कसैलाई थाहा छैन ।

केवल सरकारमा जानका लागि मात्र मधेसको मुद्दा सम्बोधन गर्ने सहमति भएको बताइएको छ ।

भण्डारीले भनेका छन्, ‘मधेसको मुद्दाबारेमा सरकार र लोसपाबीचमा एक किसिमको सम्झौता भएर कार्यान्वयनमा पनि गइसकेको छ । अब अर्को कुनै सम्झौता जरुरी छैन ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्